नियम १२५
कार्यविधिगत टीउपर कारबाही
(१) नियम १२३ को उपनियम (३) बमोजिम जाँचबुझ गर्दा वा पुनरावेदनको रोहमा हेर्दा त्यस्तो प्रहरी कर्मचारीले लापरवाही वा बदनियत राखी वा जानीजानी नियम ११५ बमोजिम अवलम्बन गर्नु पर्ने सजाय सम्बन्धी कार्यविधि अबलम्बन नगरी कुनै त्रुटी गरेको देखिन आएमा पुनरावेदन सुन्ने अधिकारीले कसूरको प्रकृति र पटक अनुसार सचेत गराउन वा निजको कार्यसम्पादन मूल्याङ्कन, वैयक्तिक अभिलेखमा त्यस्तो व्यहोरा जनाउने वा अन्य विभागीय कारवाहीका लागि अधिकार प्राप्त अधिकारी समक्ष सिफारिस गर्न सक्नेछ र सो को जानकारी त्यस्तो सजायको आदेश दिने प्रहरी कर्मचारी भन्दा माथिल्लो अधिकारीलाई समेत गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सिफारिस भई आएमा सजायँको आदेश दिने प्रहरी कर्मचारीले त्यस्तो त्रुटी गर्ने प्रहरी कर्मचारीलाई कसूरको प्रकृति र पटक हेरी सचेत गराउन वा निजको कार्यसम्पादन मूल्याङ्कन, वैयक्तिक अभिलेखमा त्यस्तो व्यहोरा जनाउन वा अन्य विभागीय कारबाही गर्न सक्नेछ ।